Skip to main content

सचेत रहौ, सतर्क रहौ 

कोरोना भाइरस रोग (कोभिड १९) के हो ?

कोभिड–१९ गत साल पत्ता लागेको कोरोना भाइरसले उत्पन्न गराउने संक्रामक रोग हो र यस पटकको भाइरसको प्रजाती पहिलाको भन्दा धेरै संक्रामक छ । एउटा स्वस्थ मानिसमा संक्रमित व्यक्तिबाट कोरोना भाइरस सर्न सक्दछ । भाइरस संक्रमित व्यक्तिले खोक्दा र हाच्छ्यँु गर्दा मुख र नाकबाट निस्कने छिटा सँगै बाहिर निस्कन्छन् र हावा तथा अन्य माध्यमबाट अर्को ब्यक्तिले शरीरमा प्रवेश गर्दछ । साथै पछिल्ला प्रमाणहरु अनुसार यो भाइरसको लक्षण नदेखीएका तर संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा पनि सर्न सक्दछ ।

अहिलेको कोभिड १९ र यसको लक्षणहरुको बारेमा जानकारी :

नयाँ प्रजातिको कोरोना भाइरसको यस पटकको महामारी गत सालको भन्दा जोखिमपुर्ण हुनुको साथै थप लक्षणहरु पनि देखिनसक्छ ।

  •  ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद वा गन्ध हराउने, पखाला वा बान्ता हुने, एकदम थकान हुने, निन्द्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुने तथा हात तथा खुट्टाको रंग परिवर्तन हुने जस्ता अहिलेका लक्षणहरु हुन् ।
  • यि मध्ये कुनै पनि लक्षण मिलेमा तुरुन्तै पिसिआर टेष्ट (PCR Test) गरिहाल्नु पर्दछ । यसपटक परिवारमा एकजनालाई संक्रमण भएमा सबैलाई संक्रमण हुने खतरा धेरै छ ।
  • सहेर वा हेरौं भनेर अलमल गर्नुहुँदैन, जति छिटो रोग पत्ता लाग्यो, त्यतिनै छिटो उपचार गरेर निको हुन सकिन्छ ।
  • जाँच नगरी घरमा अक्सिजन लिएर नबस्नुहोला, जथाभावी औषधीको सेवन नगर्नुहोला, चिकित्सकको सिफारिस  अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ र अक्सिजन उपचार हैन ।

कोभिडको लक्षण देखिएमा वा शंका लागेमाः

कोभिड सम्बन्धी कुनै पनि लक्षणको शंका लागेमा सबैभन्दा पहिला आफ्नो परिवारका अन्य सदस्यमा संक्रमण नफैलियोस भन्नका लागि परिवारका सदस्यहरुबाट टाढा रहनुहोस, मास्कको प्रयोग गर्नुहोस र आफुले छोएका वा प्रयोग गरेका सामानहरु छुन वा प्रयोग गर्न नदिनुहोस । परिवारमा सल्लाह गर्नुहोस र पिसिआर टेष्ट गर्नको लागि जानुहोस । परिवारका सदस्यलाई नआत्तिन, सुरक्षा उपायहरु अपनाउन सल्लाह दिनुहोस ।

कोभिड पोजिटिभ देखिएमा के गर्ने ?

यदि पिसिआर टेष्ट पोजिटिभ आएमा नआत्तिनुहोला । डाक्टर वा स्वास्थ्यकर्मी सँग सल्लाह लिएर वहाँहरुले भनेजस्तै गर्नुहोला । परिवारका अन्य सदस्यमा संक्रमण नफैलियोस भन्नका लागि संक्रमणका लक्षण देखिएको वा संक्रमित ब्यक्ति परिवारका अन्य सदस्यभन्दा अलग राम्रोसंग हावा खेल्ने उज्यालो कोठामा १० दिनसम्म छुट्टै बस्नुहोला । आइसोलेसनमा बसेको ब्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा आउने परिवारका अन्य सदस्यले हरेकपटक सम्पर्कमा आउँदा मास्क अनिवार्य लगाउनुपर्दछ र साबुनपानीले २० सेकेन्डसम्म मिचीमिची हातधुने गर्नुपर्दछ । स्नानघर तथा शौचालयको छुट्टै ब्यवस्था गर्नुपर्दछ र यदी संभव छैन भने संक्रमितले प्रयोग गरेपछि राम्रोसंग सफा वा डिस्इन्फेक्ट गरेरमात्र परिवारका अन्य सदस्यले प्रयोग गर्नुपर्दछ । आफुले प्रयोग गरेका कपडा, भाँडा तथा अन्य सामग्री तथा आँफुले छोएको सतह आफैले सफा गर्नुहोला ।

घरमै छुट्टै सुरक्षित तरिकाले (Home-Isolation) बस्नु भएका कोभिड संक्रमितहरुले आफ्नो स्वास्थ्य सम्बन्धी ध्यानदिनुपर्ने कुराहरु:

१. सम्भव भएसम्म थर्मोमिटर (Thermometer ) बाट शरीरको तापक्रम नापिरहनुहोला, तापक्रम १०० डिग्री       फरेनहाइट पुग्यो भने पारासिटामोल खानुहोला र शरीर दुखेमा, टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. सम्भव भएसम्म Pulse Oximeter बाट अक्सिजनको स्तर नापिरहनुहेला । यदि ९४ भन्दा तल गयो भने

घोप्टो परेर सुत्नुहोला, पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी खुट्टाका गोलि गाठानेर एउटा सिरानी

राखेर पेटको बलमा सुत्नुहोला ।

३. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा साथै ज्वरो आइरहेमा, खोकी लागिरहेमा, सास फेर्न गाह्रो भयमा वा

अन्य गाह्रो भएमा घरमा नबस्नुहोला, नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला, कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. एक रातमै अवस्था जटिल हुनसक्छ तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला आफुलाई नजिक पर्ने एम्बुलेन्स सेवाको सम्पर्क व्यक्ति वा नम्बर लिई राख्नुहोला ।

६. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर स्वास्थ्य नष्ट नगर्नुहोला ।

७. मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, कागतीको रस राखेको चिया पटक पटक खानुहोला ।

९ं. घरको खानाको साथसाथै फलफूल, दूध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

१०. पानीको बाफ लिंदा आराम हुने भएकोले समय समयमा बाफ लिईरहनुहोला ।

११. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१२. हल्का व्यायाम गर्ने, पर्याप्त निन्द्रा पुर्याउने तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१३. दिनमा १÷२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजालहरु मा अनधिकृत समाचारहरु नहेर्नुहोला । यस्तो खाले समाचारले तनाब बढाउँछ त्यसैले मानसिक अवस्थालाई सुदृढ एवं सवल राख्नुहोला

१५. गाह्रो भएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क राख्नुहोला


कोरोना भाइरस सम्बन्धी अन्य जानकारीका लागि नेपाल सरकारको हटलाईन नम्वरहरु 
१११५ र ११३३ मा कल गरेर थाहा पाउन सक्नुहुनेछ ।

Popular posts from this blog

Blood Donation Programme

Blood donation program organized on 6 July 2010 in a school, Bharatpur 11. In that program 16 people donated their blood. The Red Cross Society, Bharatpur helped HDO to organize this program. We the members of HDO had collected the fund for this. More than 5 HDO’s members also donated blood there. We all are so fond of to being a part of such good work. We also love to organize many other programs like this frequently but the lack of sufficient fund we are unable to continue all these.
Nepal Earthquake Relief package Distribution, 2015 -at Devghat, Tanahu, Nepal                               HDO Nepal in coordination with Devghat VDC, Tanahu and SAHAS Nepal,  distributes Rice of 30 kg, Pulse 3 kg, Soap 3 piece, cooking oil 2 liters, iodine salt 2 kg, puffing rice 1 kg per household of earthquake victim area in the presence of VDC sectetory, HDO Nepal president, Party chairpersons or representatives, Ward level civil desk coordinator and others. 20 pieces of tarp also distributed for only fully damaged household. About 65 Household have been benefited from this distribution.